· ArtistNepal Network · artists · Model & Dancers
कबर्दी खेलमा सुर्खेतको जिल्ला स्तरिय खेलाडिको रुपमा ख्याति कमाईसकेकि आयुष्मा थापा उमेरले भर्खर १७ टेकिन। सुर्खेत कि स्थायी बासिन्दा आयुष्मा बागिना समूहका सफल चर्चित एबम ख्याति प्राप्त नृत्य निर्देशक श्री कुलमान नेपालीसंग ६ बर्षको उमेर देखि नृत्य सिक्दै आएकी उनि सबैखाले नृत्यमा अब्बल छिन। हाल लेंगाली डान्स एण्ड म्युजिक एकेडेमीमा नृत्य निर्देशक अजय हल्दार जनक तारामीसंग नृत्य संग थप प्रक्षिक्षण लिइरहेकी उनले अहिलेसम्म सुर्खेत लगायत छिमेकी विभिन्न प्रदेशहरुमा आयोजना हुने महोत्शव एबम बिभिन्न सांस्कृतिक कार्यक्रममा नबिराई प्रस्तुत हुने गरेकी छिन। आर्टिस्टनेपाल मार्फत मोडलिङ्गमा प्रवेश गरेकी आयुष्मा ५ फिट ४ ईञ्च अग्ली छिन। उनि भबिष्यमा एक सफल कलाकार हुन चाहन्छिन। पूर्ण पारिवारिक सहयोग र साथ् रहेको बताउने उनि म्युजिक भिडियो, चलचित्र तथा रास्ट्रिय तथा अन्तरास्ट्रिय कार्यक्रमहरुमा आफ्नो कला प्रदर्शनगर्न ईच्छुक रहेको बताउछिन। फोटो: कुबेर तामाङ्ग स्टुडियो: आर्टिस्ट नेपाल स्टुडियो ज एण्ड प्रोडक्सन मेकअप : सरिता थापा मगर
Tags: ArtistNepal Studios Aayushma Thapa