· ArtistNepal Network
· ArtistNepal News
शुभकामना म्युजिक प्रालि तथा संचारकर्मी सबिता पोख्रेलको प्रस्तुतिमा “बिरानो भो माइतिको आगनी” नामक सांगीतिक एल्बम बिमोचन भएको छ । कार्यक्रममा विमोचित एल्बममा समावेश उक्त गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । गायिका काब्य आचार्यको सुमधुर स्वर तथा लय श्रृजना रहेको गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । राजिब बलामी द्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन् ।
उन्नति बोहरा शिलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिमोचन कार्यक्रममा गीतकी रचनाकार सबिता पोख्रेलले आफु जन्मी हुर्की आएको आफ्नै गाउँ परिबेसको यथार्थतालाई संगीतको माधुर्यता संगै बजारमा ल्याउने कोसिश गरेको हुनाले आफ्नो पहिलो प्रयासमा कुनै कमि कमजोरी भएमा सच्याउने मौका सहित हौसला प्रदान गरिदिनुहुन सबै संग अनुरोध गरेकी थिइन ।
कायक्रममा गायक शिब परियार,भरत बम्जन लगायत अन्य संगितकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गीतकार एवम् संचारकर्मी राधिका अधिकारीले गरेको थिइन् ।
भिडियो :
https://youtu.be/fyNpFXMNLhc