· ArtistNepal Network
· ArtistNepal News
मिसेस तामाङ २०१८ दोस्रो संस्करणको भव्य सफलता पश्चात राजधानीको दरवारमार्गस्थित जुजुवा लन्ज एण्ड वारमा सक्सेस पार्टीको आयोजना गरिएको थियो । कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगीताका विजेता पाल्साङ्ग तामाङ्ग,फस्ट रनरअप निरु थिङ तामाङ, सेकेन्ड रनर अप पेमा तामाङ, थर्ड रनरअप सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन तामाङलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
समाजसेवी मुस्कान पौडेलका विशेष आतिथ्यमा प्रतियोगीताका निणार्यक मण्डलमा रहेका वाइबा सामाजका अध्यक्ष बिगेन्द्र एस वाइबा तामाङ, लाप्साङकार्पो म्युजिक सेन्टर प्रबन्ध निर्देशक रोशन फ्युवा, संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका सिईओ राज लुईटेल तथा २०१७ का मिसेस गुरुङ विजेता सुमना गुरुङ्गलाई प्रमुख अतिथी तथा आयोजक एवं नायिका शान्ता तामाङ्गले सम्मान सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्की, आर्टिष्ट नेपालका फाउण्डर निर्देशक नव ढुुङ्गेल ,संयुक्त अपाङ्ग आवाज केन्द्रका तिल बहादुर कार्की, राजमेकअप स्टुडियोका राज पाण्डे, गायक यम ,बराल फोटोग्राफर कुवेर तामाङ्ग तथा उपस्थित अतिथी लगायत संचारकर्मीलाई समेत सम्मान गरिएको थियो ।
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले एस के ईन्टरटेनमेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आएको मिसेस तामाङ्गको उक्त सक्सेस पार्टीमा औपचारीक कार्यक्रम पछि प्रतियोगीताका सहभागीहरुले मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए
। कार्यक्रमको संचालन मिस गुरुङ्ग पोखराकी विजेता सुनीता गोलेले गर्नुभएको भएको थियो ।