· ArtistNepal Network · ArtistNepal News
चलचित्र “यो माया कस्तो माया” को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले ‘ति ओठहरुमा’ बोलको गीत दर्शक माझ ल्याएको हो। सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्रहरु नायक दिवश धिताल र नायिका सभ्यता गिरीको लभ रोमान्स देख्न सकिन्छ। अन्जु पन्त र फिरोज बस्नेतको आवाजमा सजिएको उक्त गीतमा अर्जुन पोखरेलको शब्द/संगीत रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। भुषण आनन्द ठकुरीको निर्देशनमा बनेको चलचित्रमा इन्द्र रजक र सम्वृद्धि श्रेष्ठको लगानी रहेको छ।दिव्य सुबेदीको छायांकन, शंखर महर्जनको द्वन्द, अर्जुन जी.सीले सम्पादन रहेको चलचित्रमा कर्ण थापा (किरण), र बाबु गौतम कार्यकारी निर्माताको रुपमा देखा परेका छन। चलचित्रमा दिवश र सभ्यताका साथै युवराज केशरी, सुमित डंगोल आदि कलाकारहरुको अभिनय रहेको छ चलचित्रको सम्पूर्ण छायांकन नेपाल र दार्जीलिंगमा गरिएको छ । भिडियो हेर्नुहोस: https://youtu.be/4nvwi-0okWw