· ArtistNepal Network
· ArtistNepal News
· Music news
नायिकाको साथ साथै गायिका समेत बनेर थप परिचय बनाएकी सारिका घिमिरे तथा पछिल्लो पटक थुप्रै लोकप्रिय गीतहरु गाएर चर्चा कमाउन सफल गायक ध्रुब विस्कोको स्वरमा रहेको गीतको म्यूजिक भिडियो ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ ।
अविनास थापाको शब्द, ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम विसीले गीतलाई कम्पोज गरेका छन । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ
चपुर हिरोज क्रियु र केवीको उत्कृष्ट नृत्य तथा अभिनयले गीतको भिडियोलाई थप रोचक बनाएको छ । राज खत्रीको निर्देशन, बिवेक मोक्तानको कोरियोग्राफी रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् ।
हालै मात्र मोहनी एल्वम लिएर स्रोतारदर्शकमाझ आएकी सारिकाले छोटो समयमै स्रोता र दर्शकको मन जित्न सफल भएकी छन् भने गायक धु्रवका पनि थुप्रै गीत स्रोता र दर्शकमा लोकप्रिय रहेका छन् ।