· ArtistNepal Network · ArtistNepal News · Music news
रक्षा म्यूजिकले निर्माण गरेको प्रमोद खरेलको मर्मस्पर्शी गीत “भूल भन्छ्यौ तिमीले मैले भुल्नै सकिन” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नव मोडल सुवाषको जोडदार अभिनय देख्न सकिन्छ भने उनलाई भद्रगोलबाट चर्चा कमाएकी रक्षा श्रेष्ठले साथ दिएकी छिन । मोडल सुवाषको यस अघि सार्वजनिक भएको मेलिना तथा सोनामको स्वरमा रहेको “स्वर्गसरी” गीतको म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय भएको थियो । सुवास अभिनित पहिलो म्यूजिक भिडियोले उनलाई अभिनय क्षेत्रमा सम्भावना बोकेका मोडलका रुपमा हेरिएको छ । बिष्णु मिझारको शव्द संगीत रहेको गीतको भिडियोलाई जनक अधिकारीले छायांकन तथा सुजन घिमिरले निर्देशन गरेका छन । म्यूजिक भिडियो हेर्नुहोस : https://youtu.be/aJLy_6FU-tM
Tags: Rakshya Shrestha Pramod Kharel