· ArtistNepal Network · ArtistNepal News · Fashion News
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को ट्यालेन्ट शो आज राजधानीको नक्सालस्थित होटल क्राउन प्लाजामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । एसके ईन्टरटेन्मेन्टको आयोजना रहेको तामाङ्ग समुदायका विबाहित महिलाहरुको लागि आयोजित सौन्दर्य प्रतियोगीताको ट्यालेन्ट शोमा होटल क्राउन प्लाजाका निर्देशक खेम शर्मा, वाइबा समाजका अध्यक्ष तथा घेदुङ्गका सदस्य बिगेन्द्र सिंह वाईबा, मिसेस गुरुङ्ग २०१७ की विजेता सुमाना गुरुङ्ग, मिसेस तामाङ्ग २०१६ की विजेता शान्ति तामाङ्ग , आर्टिष्ट नेपाल मिडिया ग्रुपका सिईओ तथा संचारकर्मी राज लुईटेल , चलचित्र निर्देशक रोशन थ्युबा तथा मोडल मिस तामाङ्ग २०१२ की विजेता मोडल सुमी मोक्तान निर्णायक रहेका थिए । बिवाहित तामाङ्ग समुदायका महिलाहरुका प्रतिभा निखार्ने आफ्नो समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गर्न लागिएको एसके ईन्टरटेन्मेन्टका अध्यक्ष तथा नायिका शान्ता लामाले बताईन । प्रतियोगीहरुले अन्तिम प्रतिस्पर्धाका लागि नेपालका प्रतिष्ठित एवं चर्चित विशेषज्ञ तथा प्रशिक्षकबाट संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । जेष्ठ १० गते नाचघर जमलमा हुने अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । अन्तिम स्पर्धा मेघा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । भने हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा नक्साल तथा फोटोग्राफी आर्टिष्ट नेपालको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन ।