· ArtistNepal Network · ArtistNepal News
‘नवौं डी सिने अवार्ड’ हेटौडामा सफलतापूवर्क सम्पन्न भएको छ । बिहीवार हेटौडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा चलचित्र 'जात्रा'बाट विपिन कार्कीले नायकको उपाधि जिते भने चलचित्र 'छक्का पन्जा'बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड जितिन् । चलचित्र 'छक्का पन्जा'ले सर्वाधिक ११ विधामा अवार्ड एवार्ड प्राप्त गर्न सफल भयो । 'छक्का पन्जा'ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गर्न सफल भयो । कार्यक्रममा 'तीन घुम्ती'लाई जुरी अवार्ड दिइयो भने 'जात्रा'बाट निर्देशक प्रदीप भट्टराई, 'झुम्की'बाट मनोज आरसी र 'पुरानो डुंगा'बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड प्राप्त गरे । यस्तै, मिलन चाम्सलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो भने 'ठमेल बजार'बाट गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो । पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ सय राशीसहितको 'छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार' प्रदान गरिँदा 'छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४' बाट बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा सम्मानित भए । अवार्ड कार्यक्रममा 'छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३' बाट अभिनेता तर्फ सरोज खनाल र अभिनेत्री तर्फ रुपा रानालाई सम्मानित गरियो । आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाली चलचित्रमा नयाँपन भित्रिन सकिने कुरा वताउनुभयो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न सहयोग गर्नुहुने प्रति आभार समेत व्यक्त गर्नु भयो । एवार्ड प्राप्त गर्नेको नामावली १) उत्कृष्ट एनिमेशन द फेमश २) उत्कृष्ट ध्वनि मिश्रण मनोजराज भण्डारी – जात्रा ३) उत्कृष्ट पाश्र्व संगीत शैलेश श्रेष्ठ – गाजलु ४) उत्कृष्ट केमियो निश्चल बस्नेत – लप्पन छप्पन ५) उत्कृष्ट द्वन्द्व निर्देशक हिमाल केसी – निर्भय ६) उत्कृष्ट बाल-कलाकार साइब्रत आचार्य – छायाँ ७) उत्कृष्ट हाँस्यकलाकार केदार घिमिरे – छक्का पञ्जा ८) उत्कृष्ट खलपात्र दीपकराज गिरी – छक्का पञ्जा ९) उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा) १०) उत्कृष्ट गीतकार आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र) ११) उत्कृष्ट गायिका मिना निरौला – ठमेल बजार – लुट २ १२) उत्कृष्ट गायक कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा १३) उत्कृष्ट संगीतकार दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा) १४) उत्कृष्ट संवाद दीपकराज गिरी – छक्का पञ्जा १५) उत्कृष्ट पटकथा हेमराज बिसी – गाजलु १६) उत्कृष्ट कथा रामबाबु गुरुङ – पुरानो डुंगा १७) उत्कृष्ट नव-नायिका श्रृष्टी श्रेष्ठ – गाजलु १८) उत्कृष्ट नव-नायक आर्यन अधिकारी – के म तिम्रो हैन र १९) उत्कृष्ट नव-निर्देशक दीपाश्री निरौला – छक्का पञ्जा २०) उत्कृष्ट चरित्र अभिनेत्री गौरी मल्ल – के म तिम्रो हैन र २१) उत्कृष्ट चरित्र अभिनेता शिशिर राणा – बीर बिक्रम २२) उत्कृष्ट सह-अभिनेत्री सुस्मिता केसी – म त तिम्रै हुँ २३) उत्कृष्ट सह-अभिनेता सुशान्त कार्की – तीन घुम्ती २४) उत्कृष्ट सम्पादक बिपिन मल्ल – छक्का पञ्जा २५) उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान – छक्का पञ्जा २६) उत्कृष्ट अभिनेत्री प्रियंका कार्की – छक्का पञ्जा २७) उत्कृष्ट अभिनेता विपिन कार्की – जात्रा २८) उत्कृष्ट निर्देशक हेमराज बिसी – गाजलु २९) उत्कृष्ट चलचित्र छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्