· ArtistNepal Network · ArtistNepal News
झट् हेर्दा दक्षिण भारतिय नायक झै देखिने मोडल सुवास सुवेदी नेपाली मोडलिङ्ग क्षेत्रमा जम्ने तयारीमा छन् । केहि नेपाली चलचित्र तथा नाटकमा अभिनय गरेर छोटो समयमा नै कलाकारितामा सम्भावना बोकेर आएका मोडल सुवास सानै उमेर देखि मोडलिङ, कला, अभिनयमा रुचि राख्ने सुवास चर्चित गायिका मेलिना राई तथा गायक सोनाम तामाङ्गको आवाजमा रहेको सुमुधर गीतको म्यूजिक भिडियो मार्फत उनी ब्यबसायिक मोडलिङ क्षेत्रमा प्रवेश गरेका छन । सुजन घिमिरे तथा बिश्वनाथ तामाङ्गको निर्देशनमा निर्देशित “स्वर्गसरी” बोलको उक्त गीतको म्युजिक भिडियोमा सुवाषलाई चर्चित मोडल आशा खड्का र राहुल बन्जाडेले साथ दिएका छन् । सोनाम तामाङ्ग योन्जनको संगित रहेको उक्त गीतलाई बिश्वनाथ तामाङ्गले रचना गरेका हुन । भने, भिडियोलाई जनकराज अधिकारीले छायांकन र सुजन घिमिरेले सम्पादन तथा गोविन लोहरले कलर भर्ने काम गरेका छन । त्यसै गरि भिडियोका कलाकारहरुलाई राज मेक स्टुडियोका राज पाण्डेले आफ्नो मेकअपबाट आकर्षक बनाएका छन । मोडल सुवाष, आशा तथा राहुलले भिडियोमा त्रिकोणात्मक प्रेमकथाको भावना अनुसारको अभिनय गरेका छन् । अग्लो कद, मिलेको सुगठित शरीर, हसिलो मुहार, भएका सुवाष अभिनय समेत पोख्त देखिएका छन । भविष्यमा एक अब्बल कलाकार बनेर नेपाली चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका छन । केहि समयमा नै अर्को गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका मोडल सुवाष आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालार्इ पनि उत्कृष्ट बनाउने सोच लिएर मोडलिङ क्षेत्रमा लागेको उनी आफु भित्र भएको क्षमता प्रस्फुटन गरि सबैको मन जित्न सफल हुदै भविष्यमा एक चर्चित मोडलको रुपमा मोडलिङ्ग जगतमा स्थापित हुन चाहन्छन । म्युजिक भिडियो : https://youtu.be/6OToFxVd5z8