· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
आर्टिस्टसंसार, धरान।
कोरोना महामारीले बन्द सिनेमाहल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभई रहेको अवस्थामा एक्शन किङ्गनायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी' ले माघ १ गतेबाट देशभर प्रदर्शन गर्ने जमर्को गरेकोछ। नायक शिब श्रेष्ठको यो कदममा साथ दिंदै लायन्स क्लब अफ धरान ,पन्चकन्या र लायन्स क्लब अफ धरान, जुम्बाले धरानको गोर्खा सिनेप्लेक्समा एउटा स्पेशल शो राखेको छ।
साँझ ५;३० बजे को स्पेशल शोमा स्वयम् नायक शिब श्रेष्ठको समेत बिशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्स क्लब अफ धरान पन्चकन्याले जनाएको छ। शिव श्रेष्ठ, प्रियंका कार्की,वर्षा राउत, आयुष्मन देशराज,मिथिला शर्मा, राजाराम पौडेल, बसुन्धरा भुषाल,बिष्णु चेम्जोङ्ग, रेखा फागो, सन्जोग कोइराला, प्रभु श्रेष्ठ संगै नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पहिलोपल्ट सिनेमाको पर्दामा यसै फिल्म मार्फत डेब्यु गर्दैछन।
त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश न. १ का अध्यक्ष अरुण कुमार प्रधानले समेत नायक शिव श्रेष्ठसंगै शुक्रबार इटहरी र धरानका दर्शकहरु बीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन्। एउटा यस्तो प्रेम कहानीको ट्रेलर समेत भर्खरै सार्वजनिक गरिएको छ।
विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७० प्रतिशत सेयर दिने घोषणा गरिसकेको छ।