· ArtistNepal Network
· ArtistNepal News
मोडल निष्मा जिमीद्वारा अभिनित ” साथ देउ भन्दिन म, सम्झिदिए पुग्छ “ बोलको निकै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा मोडल निश्माको साथमा भुवन गिरीकोको जिवन्त अभिनय देख्न सकिन्छ ।
चर्चित गायक प्रमोद खरेल तथा गायिका सरिता अधिकारीको समुधुर आवाजमा सजिएको गीतमा टेक नारायण चापागाई तथा राजेन्द्र चापागाईको रचना र टेक नारायणकै संगीत रहेको छ भने गीतलाई जनता डिजिटलले उत्पादन गरेको छ । कलाकारहरुको अभिनयको निकै राम्रो प्रतिक्रिया आएको उक्त गितको म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् भने मुकेश हुमागांईको छायाङ्कन र अमृत चापागाईले सम्पादन गरेका छन् ।
केहि चर्चित गीतहरुमा मोडलिङ्ग गरेर पछिल्लो पटक यस क्षेत्रमा आफ्नो पहिचान बनाउन प्रयासरत मोडल निश्मा अभिनित यस म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय हुने पुगेको छ । हाल नृत्य र अभिनयको एक साथ तालिम लिदै गरेकी निश्मा पेशाले ब्युटिसियन हुन । समाजसेवामा उतिकै सक्रिय मोडल निश्माले राजधानीको टुंडिखेलमा बुद्ध नेपाल जन्मेको सन्देश दिने उद्देश्यका लागि आयोजना भएको कार्यक्रमका लागि आफ्नो पहलमा ईजरायलबाट संकलित रकम रु.तिन लाख गायक धिरज राईलाई हस्तान्तरण गरेकी थिईन भने चांडै नै एक सामाजिक संस्था मार्फत औपचारिक रुपमा थप सक्रिय भएर समाजसेवामा लाग्ने कुरा बताईन । अभिनय आफ्नो सौख भएको तर पेशालाई पहिलो प्राथमिकतामा राखेर अभिनयलाई पनि निरन्तरता दिने उनी बताउछिन ।
भिडियो :
https://youtu.be/_GsMpmDpAWA