· ArtistNepal Network · ArtistNepal News · Music news
काठमाण्डौं । नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्किसकेकी गायिका अन्जु पन्तको आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो सार्वजनिक भएको छ । डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । प्रेमीप्रेमिका विचको माया प्रेमलाई गीतमा समेटिएको छ । गीतमा सबै प्रेमील मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आमदर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताइन । हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन ।