· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
आर्टिस्ट संसार
अभिनेत्री, निर्देशक तथा निमात्री रेखा थापा नयाँ फिल्मको तयारीमा जुटेकी छन्। अभिनेत्री एवं निर्मात्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । निर्देशक रेनशा राइसँगको फिल्म निर्माण गर्ने हल्ला फिँजाए पनि अहिलेलाई थाँती राखेर रेखा आफ्नै निर्देशनमा फिल्म निर्माण गर्ने भएकी छन्।
एक्सनवाला फिल्म निर्माणमा जुटेकी रेखा अहिले गृहकार्यमा ब्यस्त रहेकी छन्। उनले यसै फिल्मका लागि रेखा २० किलो तौल अटाएको समाचार बाहिरिएको छ। निर्माता , कलाकारका अलवा स्क्रिप्ट लेखकका रुपमा आफै लागि परेकी छन्। बैशाखबाट छायांकनमा जाने फिल्मको अभिनेता अहिले रेखाले गोप्य राखेकी छन्। उनले फिल्ममा नयाँ हिरो लिने बुझिएको छ।
लकडाउनको समयमा नै फिल्म बनाउन तम्सिएकी रेखा प्रशिक्षक राखेरै एक्सन कला सिकिरहेकी थिइन् ।