· ArtistNepal Network · ArtistNepal News · Music news
काठमाडौँ । 'भ्यालेन्टाइन डे' को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात 'माया लाईदेउन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द र संगीत संयोजन गरेका हुन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाहवर्षा राउत फिचर्ड छन्। पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो 'नमस्ते प्लस' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।