· ArtistNepal Network · ArtistNepal News · Music news
प्रनिमा दाहाल अत्यन्तै प्रतिभाशाली मोडल तथा डान्सर हुन्। एउटा ब्युटी प्याजेन्ट मा प्रतिस्पर्धा गरे पछि आर्टिस्ट नेपाल मार्फत मोडलिङ्गमा सक्रिय प्रनिमा छोटो समयमानै सबैको रोजाईमा पर्न सफल भएकीछिन। उमेरले भर्खर १८ मा पाईला चाल्दै गरेकी प्रनिमाले छोटो समयमा नै आधा दर्जन आधा दर्जन म्युजिक भिडियो खेलिसकेकी छिन । सबै विधाका नृत्यमा अब्बल प्रनिमासंगै अन्य १७ जना मोडलले एकसाथ अभिनय गरेको चमत्कार बोलको भिडियोमा पनि उनले आफ्नो कुशल नृत्य र अभिनय प्रस्तुत गरेकी छिन । ईनाक्छी ईन्टरटेमेन्ट युटुब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा मेमोरी किङ्ग बिजय शाही पनि रहेका छन । गीतमा स्वर मनिश श्रेष्ठ र अन्जिला रेग्मी, शब्द योगेश रपाल साथै संगीत मनिश श्रेष्ठको रहेको छ । जीवन बडुले एरेन्ज गरेको उक्त गीतको भिडियोमा मनिश श्रेष्ठको निर्देशन, र्याप जगत तिरुुवाको र क्यामेरा बाशु बरालको रहेको छ ।