· ArtistNepal Network · ArtistNepal News · Fashion News
काठमाडौं । युथ क्रियसन नेपालको आयोजनामा हुन लागेको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को ग्राण्ड फिनाले यहि आउदो मंसिर १९ गते शुक्रबार मोर बर्गर डेलिसियस फाई चिकेन बौद्ध रामहिटीमा गर्ने भएको छ। मोडलिङ क्षेत्र रोजेर भविस्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी दिए । उनले प्रतियोगितामा अन्य सौन्दर्य प्रतियोगिता भन्दा भिन्न तरिकाले प्रतिभाको मुल्याङ्कन गर्ने समेत जानकारी गराए । ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को कोरियोग्राफी अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गरेका छन्। प्रतियोगिताका विजेता, फष्ट रनर अपर सेकेन्ड रनर अपले आकर्षक गिफ्टका साथै बिभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन।