· ArtistNepal Network · ArtistNepal News · Filmy News
अभिनेता प्रदीप खड्का अहिले पोखरामा रंगकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् । केही महिना ‘हुतुतु’ र दिनेश राउतको चलचित्रको स्क्रिप्टमा बसेका प्रदिप हाल पोखराको एक रिसोर्टमा कलाकार बरालसंग एक्लै अभिनय सिकीरहेका छन् ।उनले अनुप बरालसंग तीन महिनासम्म अभिनय सिक्नेछन ।प्रदिपले पहिलो पटक अभिनयको औपचारिक कक्षा लिएका हुन् । ‘प्रदिपले दैनिक ६ घण्टा अनुप बरालबाट अभिनय सिकिरहेका छन् । दशैंसम्म यो क्रम जारी नै रहनेछ । [ प्रदीपले अहिलेसम्म अभिनयको औपचारिक कक्षा नलिएको र पहिलादेखि नै अभिनय सिक्ने इच्छा भने रहेको बताए। प्रदीपले चलचित्र ‘प्रेमगीत’ पछि प्रदीपले अभिनय सुधारमा मिहेनत नगरेको आलोचना खेप्दै आएका थिए । अनुप बरालको मार्ग निर्देशनले प्रदीपको अभिनयमा कति परिपक्वता आउला ? धेरैका लागि चासोको विषय बनेको छ ।