· ArtistNepal Network
· ArtistNepal News
· Music news
विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्।
गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ। उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन्। बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन्। डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन्। राम कुमार केसीले भिडियो छायांकन गरेका हुन्। गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशनमा तयार पारिएको हो।
खाेटाङमा जन्मेर राजधानी काठमान्डौमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका 'दुख्छ मुटु , छाडेपनि याे हावा बहन , कस्काे भरमा' लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन।