· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्ट संसार कोरसमा खेल्ने कलाकारको एउटै सपना हुन्छ – लिडमा खेल्ने कतिको यो सपना पुरा हुन्छ भने कतिको सपनामै सिमित हुन्छ। यहि फ्रन्टलाईनमा देखिने चाहको कथालाई एउटा म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ। चर्चित छायाँकार अमृत सुनुवारले निर्देशन गरेको यस म्यूजिक भिडियो ‘तिमी माछी फेवातालको’ लाई यहि कोरसको सपनालाई प्रस्तुत गर्न खोजिएकोछ। उक्त म्यूजिक भिडियोमा कलाकार दिक्पाल कार्की र श्रीष्टी खड्काको अभिनय रहेको छ। एक सुटिङ्गको परिवेसमा दिक्पाल र श्रीष्टी कल्पनामा डुबेर आफै नायकनायिकाको सपनामा रमाएको र पछि प्याकअप हुँदा आफ्नै दुनियाँमा फर्केको कथाबस्तु रहेको छ। गीतको रचना गीतकार डा. अनिल बरालको रहेको छ। गीतलाई संगीतकार आनन्द राईले संगीत भरेका छन् भने स्वर विश्व नेपालीको रहेको छ। आवेश बज्राचार्यले छायाङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका छन्। भिडियोमा नृत्यनिर्देशन सन्दिप भुजेलले गरेका छन् भने सह-निर्देशन बिशाल अर्यालले गरेका छन्। (भिडियो हेर्नुहोस)