· ArtistNepal Network · ArtistNepal News · Music news
अमेरिकामा रहेका कलाकारहरुले दशै तिहार गीतको भिडीयो सार्वजनिक गरेका छन्। बिसेष गरि बिदेशमा बस्ने नेपालीहरुको मर्मलाई उतारेर दशै तिहार गीतको भिडीयो सार्वजनिक भएको हो । यस गीतका रचनाकार चीनमा बस्ने एनआरएन तथा ब्यापारी नबिन बिक हुन । बाल्टीमोरको वेलडन क्रिएशन डाईरेक्टर शंकर घिमेरे र नायिका रिचा घिमिरेले भिडियो निर्माण गरेका हुन। निर्देशक शंकर घिमिरेले निर्देशन गरेको उक्त दशै गीतमा नेपाली सिनेक्षेत्र तथा संगीत क्षेत्रका हस्तीहरुले संयुक्त रुपमा अभिनय गरेका छन। यो गीतको छायांकन ९०% अमेरीकाक़ो बाल्टिमोरमा गरीएको हो । सम्भवत धेरै कलाकारलाई एकसाथ लिएर विदेशमा छायांकन गरीएको पहिलो हो । यस भिडियोमा प्रेमराजा महत,भगवान भन्डारी, राजु लामा,सुधांशु जोशी, रिचा घिमिरे, पुजा चन्द, सारंगा श्रेष्ठ, नवीन बिक ,निर्मला भण्डारी,बाबूराम ढ़काल, प्रतिछा ढ़काल, श्रीप्रकाश लामिछाने,लोकेंद्र गुरुंग,हरी गैरे लगाएतका अन्य कलाकारहरुले संयुक्त रुपमा आफ्नो प्रस्तुति दिएका छन। यस गीतलाई बरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत दिएका छन भने राज सिग्देल र समिक्षा अधिकारीले स्वर दिएका छन । छायाकार बिक्रांत मान श्रेष्ठ ,नृत्य नवीन केसी लुना श्रेष्ठ ले दिएका छन् । यो गीत को छायांकन नेपालको चितवनमा पनि भएको छ ।