· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
पछिल्लो समय सबैभन्दा लोकप्रिय बनेको सामाजिक संजाल हो - टिकटक। आफुभित्र भएको कला देखाउने माध्यमको रुपमा लिईएको टिकटकको माध्यामबाट धेरैलाई कलाकार पनि बनाएको छ।
नेपालमा टिकट्कले निक्कै बजार तताएको छ, जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना हुने भएको छ।
टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो संगको सहकार्यमा द बिगेस्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको हो। जुन प्रतिस्पर्धाबाट मिस्टर एन्ड मिस टिकट्क छनौट गरिने द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।
प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले भाद्र १३ देखि वितरण शुरु भएको अनलाइन फारम भर्नुपर्नेछ । आयोजना भर्चुल माध्यमबाट आयोजना हुन लागेकोले उत्त प्रतिस्पर्धामा बिश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउनेछन्।
प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५० हजार नगद साथै एक चलचित्रसंगै दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् ।त्यसैगरी दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार नगदसहित एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्ने अष्ट्रेलिया स्थित मेलवर्नमा रहेका आयोजक सुजन खरेलले जनाए ।
आर्टिस्टनेपाल नेटवर्क अन्तर्गतको ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’ बाट प्रकाशित। (artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )