· ArtistNepal Network
· ArtistNepal News
· Music news
नेपाली सांगीतिक आकाशमा किन मायामा , यो जुनीमा तिम्रो हुन सकिन , मलाइ माफ गरिदेउ जस्ता सदाबहार गितबाट चम्किएका गायक उदेश श्रेष्ठले कोरोना भाइरसको संक्रमणविरुद्ध जनचेतना जगाउने तथा यसका बच्नका लागि अपनाउनु पर्ने बिभिन्न सावधानीसहितका सन्देशमूलक शब्दहरु सहितको एउटा राष्ट्रिय गीत गाएका छन् ।
‘हट्नेछ यो महामारी…’ शीर्षकको उक्त गीतमा गायक श्रेष्ठकै शब्द तथा संगीत सुन्न सकिन्छ । संगीत संयोजन पनि गायक श्रेष्ठकै छ ।
दिनेश श्रेष्ठको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोलाई सञ्जय श्रेष्ठले सम्पादन तथा भिएफएक्स गरेका छन् ।
भिडियोमा धेरै लोकप्रिय कलाकार सहित विभिन्न क्षेत्रमा आवद्ध परिचित अनुहारहरु देख्न सकिन्छ। आर्टिस्टनेपाल संग कुरा गर्दै उदेशले यस गित अनि भिडियो तयार गर्ने क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिई सहयोग पुर्याउनुहुने सम्पुर्णमा आभार ब्यक्त गर्दै चेतनामुलक यो गितले दर्शक श्रोताको माया पाउने र संदेश छर्न टेवा पुर्याउनेमा आशाबादी रहेको बताए।