· ArtistNepal Network · ArtistNepal News · Filmy News
अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म गणपतिको धमाधम छायांकन भईरहेको छ। तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट छायांकन शुरु भएको फिल्मको बन्दीपुरकै विभिन्न स्थलमा छायांकन भइरहेको हो। गाउँले परिवेशको फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ। फिल्म सविन अधिकारीले निर्देशन गरिरहेका छन्। उनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता छन्। फिल्ममा मुकुन र मेनुकाका अलावा राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशील पोखरेल, श्रीदेव बीएललगायतले अभिनय गर्दै छन्। भगवान् र मानिसबीचको फरक देखाइने भनिएको फिल्ममा हरिबहादुर घलेको छायांकन र विक्रम स्वाँरको कोरियोग्राफी रहनेछ। फिल्ममा शंकर धिताल एसोसिएट डाइरेक्टर रहेका छन् भने फिल्ममा अनिश अधिकारीले शब्द तथा संगीत भरेका छन्। अनिश अधिकारी र देवेन्द्र बब्लुले स्वर भरेका छन्। त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार लिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्म्स् एन्ड इन्टरटेन्मेन्टले लिएको छ। निर्देशक अधिकारीले गणपति नाम धार्मिक लागे पनि फिल्मले कुनै पनि धर्मको विरोध वा प्रचार नगरेको बताए।