· ArtistNepal Network · ArtistNepal News · Filmy News
धेरै नेपाली कथानक चलचित्रमा जीवन्त अभिनय गरेका बरिष्ठ कलाकार जयनन्द चन्दको निधन भएको छ। चन्दको आइतवार बिहान आफ्नै निवास एकान्तकुनामा ८० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि प्रेसर, सुगर, जस्ता रोगबाट पीडित चन्द छोरी र श्रीमतीसँग बस्दै आएका थिए। चलचित्र ‘जीवन रेखा’ बाट अभिनय यात्रा सुरु गरेका कलाकार चन्दले 'भाग्य रेखा’ ‘युद्ध’ ‘विश्वास’, ‘फेरि भेटौँला’, ‘मायालु’, भागी भागी नजाऊ’ लगायत तीन दर्जन बढी नेपाली चलचित्रसँगै भारतीय चलचित्र ‘पञ्चओटी’ तथा पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका थिए | साथै उनले टेलिसिरियल र थुप्रै म्युजिक भिडियो तथा टेलिभिजन बिग्यापान बिज्ञापनमा समेत अभिनय गरेका थिए | स्व.कलाकार जयनन्द ठकुरीप्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली।