· ArtistNepal Network · ArtistNepal News · Fashion News · Event News
फेशन शो मा नायिका निताको यस्तो लुक्स पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको “ईलिजेन्ट ब्राईडल फेयर” नामक फेशन शो तथा फेयरमा आकार्शक रुपमा प्रस्तुत भएकी हुन । फरिया डिजाईनले काठमाडौं ठमेल स्थित छाया कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन। उक्त फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए। कार्यक्रममा ५ बर्ष देखी ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागी थियो । वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो । कार्यक्रममा फ्री मेकअप , फुड टेस्टिङ का स्टलहरु पनि राखिएको थियो । विवाह समारोह तथा दुलहीले प्रयोग हुने वेष्टर्न गाउनको नेपाली बजारमा पनि डिमान्ड रहेको र वेष्टर्न गाउन प्रेमिहरुको लागि यस् कार्यक्रमको आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् । फरिया फेशनको स्टोर जमल स्थित विश्वज्योती मलमा अबस्थित रहेको छ । यस् शो को कोरियोग्राफी सपना राई तथा आरती प्रधानको थियो ।