· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Lok Geet Lyrics
"अकबरी सुन" स्वर: नबिन ढुंगेल , राजु ढुंगेल शब्द तथा संगीत : अभय ढुंगेल संगीत संयोजन: शिला बहादुर मोक्तान अडियो/ भिडियो : आर्टिस्ट नेपाल Akabari Sun... Singer: Nabin Dhungel & Raju Dhungel Music/Lyrics: Avay Dhungel Music Arranger : Shila Bahadur Moktan Audio/Video: ArtistNepal Director: Yam Gurung Artists : Yam Gurung , Rina Thapa Magar and Friends Cinematography : Karan Chaiser Edit: Madhab Belbase ( आयो है मादले आयो है !!) *२ अकबरी सुनलाई के लाउनु र कसी , ( के लाउनु र कसी) *२ कता हिड्यौ सोल्टिनी लाली पाउडर घसी (लाली पाउडर घसी) * २ आ है लडिबडी आयो है !! आयो है झिल्के आयो है !!! पातै राम्रो पिपलुको हाङ्गै राम्रो वरको (हाँगा राम्रो वरको) * २ साईनो पर्यो सोल्टिनीको मायाँ बस्यो चर्को (मायाँ बस्यो चर्को) *२ यहि हो है मौका यहि हो , यहि हो है मौका यहि होई ओखलढुङ्गा डाडै डांडा दुम्सी लुक्ने दुलो , ( दुम्सी लुक्ने दुलो) *२ साच्चै भन्दा संसारमा तिम्रै मायाँ ठुलो ( तिम्रै मायाँ ठुलो ) * २ (लौ है ठुलीकान्छी लौ है , लौ अहि ठुलीकान्छी लौ है !!) गल्छी चर्ने माली गाई त भिरमा चर्ने बाच्छी (भिरमा चर्ने बाच्छी) * २ पेन्सन पट्टा लेखाईदिउँला खाउला बसी बसी (खाउला बसी बसी) *२ ( सहि यो है यो कुरा सहि हो , सहि हो है यो कुरा सहि होई) उर्लिमा आयो लिखु है खोला बेगै मारी छल्को (बेगै मारी छल्को ) * २ साउटार बजार घुमेको आउछ तिम्रो झल्को ( आउछ तिम्रो झल्को) * २ ( लौ है सम्धिनी लौ है लौ है सम्धिनी लौ है ) २ कता बज्यो मुरली रन्को माने भन्ज्यांग माथी (माने भन्ज्यांग माथी ) * २ नाचन नाच सोल्टिनी नानी कम्मर भाँची भांची ( कम्मरै भाँची भांची ) *२ लौ है उठ्यो है बजार उठ्यो, उठ्यो है बजार उठ्यो नाचन नाच ठुलीकान्छी बारुली कम्मर भाँची नाचन नाच गोर्खाली दाजु कम्मर भाँची नाचन नाच सम्धिनी ज्यु कम्मर भाँची नाचन नाच सम्धी ज्यु कम्मर भाँची - २ कम्मर भाँची - ४