· ArtistNepal Network · ArtistNepal News · Music news
काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको छ । चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा महादेव लुहारुङ राईको शब्द गीतमा रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडयोमा रहेको छ ।