· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
आँखा छोपी नरोउ भनी (आँखा छोपी नरोउ भनि भन्नुपर्‍याछ मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ ) *2 (भोली उठी कहाँ जाने केही थाहा छैन फर्कि आउने हो कि होईन केही थाहा छैन) *2 वाचा छिटै आउछु भनि गर्नुपर्‍याछ मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ (छातीभरि गाँउ-बेशी पखेरीको छाँया आखाँभरि मेलापात मायालुको माया) *2 आफैलाई छाडी कतै जानुपर्‍याछ मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ (भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँशु झरी रह्यो) *2 कुलचिएर आफैलाई हिड्नुपर्‍याछ मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ