· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
मैले पुण्य मन पराएँ मैले पुण्य मनपराएँ, या पाप मनपराएँ जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ जब दागको रंगमा पनि, टिका समाउन सक्छ नसोध मैले बरदान, या श्राप मन पराएँ जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ तिमीसँग लिनुपनि छ, तिमीलाई दिनुपनि छ हाम्रो हिसाब किताबमा, सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ