· ArtistNepal Network · ArtistNepal News · Music news
डान्स स्टुडियो ''डी वाक''को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत 'प्रेमिका'मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिष्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन । बद्री बिष्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।