· ArtistNepal Network
· ArtistNepal News
· Music news
2011-07-09
२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको लोकगित प्रतियोगितामा सिमसिमे पानीमा.... बोलको गित गाएर गायन यात्रामा प्रबेश गरेकी ग्ल्यामर गायिका रेखा शाहको आधुनिक गितको दोश्रो एल्बम 'स्मृति' बुधबार लाजिम्पाट स्थित एटिक क्याफ़ेमा बिमोचन गरिएको छ ।
एक बर्षसम्मको लामो मेहनतपछि तयार पारिएको भनिएको यस एल्बममा भूपेन्द्र खड्काको एकल शब्दमा अहिलेका नयाँ पुस्ताका संगीतकारहरु राजु सिंह, सुगम पोखरेल, हरी लम्साल, कालीप्रसाद बास्कोटा र शिब परियारले सङ्गित दिएका छन् ।
एक दिन तिमी, एउटै बाटो, तिमि मौन्,जिन्दगीको अर्थ, सम्झिन्छु जीबन, किन्नरी लगायतका गीतहरु संग्रहित उक्त एल्बमको किन्नरी बोलको गितलाई डिजे राजुले डिजे मिक्सिंग गर्नु भएको छ । साथै प्रसन्न पौडेल निर्देशित 'एक दिन तिमी' गीतको म्यूजिक भिडियोमा रेखा आफैंले अभिनय गरेकी छिन् ।
आर.बी. म्यूजिकको बजार-ब्याबस्थापन रहेको उक्त एल्बमका अन्य गीतको पनि भिडियो निर्माण गरिने योजना रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।
१८ बर्षे सांगीतिक यात्रामा रेखा शाह
आज भन्दा १८ बर्ष अर्थात २०४९ सालमा धादिङ धुँवाकोटबाट रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा भाग लिन काठमान्डौँ प्रबेश गरेकि रेखा शाह 'सिमसिमे पानीमा....... मार्फत गायन यात्रामा प्रबेश गरेकि हुन् । त्यस पछि २०५३ सालको बैशाखमा 'सिमसिमे पानीमा'लाई लोकगायक प्रेमराजा महत संग मिलेर दोहरी एल्बमको रुपमा प्रकाशित गरिन् र चर्चाको शिखरमा पुग्न सफल भईन् । काठमान्डौँमै संघर्ष गरेर बसेकि रेखा शाह गम्भिर बिरामीका कारण लामो समय सम्म थला परिन् र उपचारको लागि आर्थिक अभाब पनि झेल्नु पर्यो । साथसाथै उनको साङगितिक जिबनपनि धराशाहि बन्यो । उनि बिरामी रहेकैबेला गोर्खाका राजनैतिककर्मी ईन्द्र बहादुर गुरुङ्ग सङ्ग प्रेमबिबाह भयो । स्मरणरहोस! ईन्द्र बहादुर गुरुङ्गको यो तेश्रो बिबाह हो । बैबाहिक जिबनपछि स्वस्थ्य जिबन बिताएकि रेखा शाहलाई दोश्रो पटक पुन: पुराना लोकगायक नबीन ढुंगेलले ' साली भेना' मार्फत जनमानसमा चर्चित गराईदिए । र त्यस पछि हाल सम्म रेखाले संगितमा निरन्तरता दिएकि छिन् । २०५८ सालमा धौलागिरी मार्फत प्रकाशित यस एल्बमपछि २०६२ सालामा नबीन ढुंगेल र रेखाको जोडिले 'तिर्खा मेटाईदेऊ' प्रकाशित गरेका थिए । त्यसपछि रेखाले सुनको चुरा, सिमसिमे पानीमा रेखा र द लाइन प्रकाशित गरेकी थिईन ।
Tags:
Rekha Shah