· ArtistNepal Network
· ArtistNepal News
· Music news
काठमाडौं/आर्टिस्टनेपाल - पछिल्लो समय नेपाली संगीतमा महिला गायिका तथा संगीतकारको आगमन हुन् थालेको छ । यस्तै प्रतिभाशाली महिला संगीतकार तथा गायिका सोनिका लामाले आफ्नो एकल शब्द/संगीतको गीतिसंग्रह 'कस्तो यो जीवन' स्रोतामाझ ल्याएकी छन् । उक्त गीतिसंग्रहको शनिबार बेलुका राजधानीमा एक समारोहमाझ अग्रज गायक प्रेमध्वज प्रधान र गीतकार डा.कृष्णहरि बरालले विमोचन गरेका हुन् ।
विभिन्न चलचित्रमा समेत संगीत गरिसकेकी सोनिकालाई उनले बहुमुखी प्रतिभाको धनी सोनिकालाई मिठो संगीत सिर्जना गर्ने सोनिकाको स्वर पनि कर्णप्रिय भएको गायक प्रधानले सो विमोचन समारोहमा बताए। गीतकार डा.कृष्णहरि बरालले सोनिकाको गीतिसंग्रह कस्तो यो जीवनका गीतबारे समीक्षा गरेका थिए। यो संग्रहमा सात गीत छन् । ती सबै गीतको शब्द/संगीत सोनिका आफैंले दिएकी छिन् ।
संग्रहमा मनिला सोतांग, अञ्जना गुरुङ,अञ्जना गुरुङ र सोनिका आफैंले गाएकी छन्। विमोचन समारोहमा यो संग्रहको शिर्ष गीतको म्युजिक भिडियोसमेत र्सार्वजनीकरण गरिएको थियो। गायिका लामाको यो गीतिसंग्रहलाई पिस फिल्मस् इन्टरट्रेनमेन्टले बजारमा ल्याएको हो।
Tags:
Sonika Lama