· ArtistNepal Network
· ArtistNepal News
जति धेरै नांगो शरीर देखायो, त्यति नै चर्चा कमाइन्छ भन्ने लागेको छ– नायिका सुष्मा कार्की र शशी खड्कालाई। लोकगीतबाट अभिनययात्रा सुरु गरेका यी दुईमध्ये सुष्मालाई लुटको 'आइटम डान्स'ले रातारात स्टार बनाइदियो। म्युजिक भिडियो र फिल्ममा बराबर काम गर्न थालेकी सुष्मा चर्चामा आउनकै लागि जस्तोसुकै 'फन्टुस' काम गर्न पनि पछि पर्दिनन्।
पछिल्लो समय यी दुवै नायिकाले राजु गिरीद्वारा निर्देशित चलचित्रमा काम गरे। निर्देशक गिरी स्वयं चर्चामा आइन्छ भनेपछि जे बोल्न पनि तयार हुनेमध्ये पर्छन्। गिरीको निर्देशनमा बनेको चलचित्र चन्द्रावतीमा आयुष रिजाल र नायिका शशी खड्काबीच एउटा रोमान्टिक दृश्य खिचिएको थियो। निर्माण संस्थाले सोही दृश्यलाई विवादको विषय बनायो। नायिका शशीले आफ्नो अनुमतिबिना खिचिएको भन्दै हिँडिन्। नायक–नायिकाबीच 'रोमान्स' गरेको प्रसंगलाई चलचित्र समावेश गर्ने क्रममा आयुष र शशीबीच उत्तेजक दृश्य खिचिएको थियो, जसमा शशीले सहजै अभिनय गरेकी थिइन्।
पछि शशी स्वयंले उक्त दृश्य आफूलाई स्वीकार्य नभएको बताइन्। जबकि यो दृश्यका लागि उनी राजी थिइनन् भने पहिल्यै अभिनय नगर्न सक्थिन्।
त्यही चर्तिकला अर्को चलचित्र 'बिन्दास' मा पनि दोहोरियो। गिरीकै निर्देशनमा बनेको फिल्म 'बिन्दास' को 'फस्टलुक' सार्वजनिक भएपछि सुष्माले भनिन्– 'यो फोटो मैले खिचेकै होइन, चिटिङ गरिएको हो।' असली कुरा थाहा पाउन दुई दिन पनि लागेन। निर्माण संस्था र नायिकाकै पहलमा यस्ता हल्ला गरिएको रहेछ।
छोटो लुगा लगाएर 'फोटो सेसन' गर्नेबित्तिकै चर्चा पाइने लोभ केही नायिकामा भए जस्तै झीना–मसिना प्रसंगले चर्चा पाइने मोह निर्देशकमा बढेपछि मेहनत गर्ने परिपाटी हराउँदै गएको छ।
Tags:
Sushma Karki