· ArtistNepal Network
· ArtistNepal News
· Music news
नेपाली सांगीतिक क्षेत्रमा १० वर्ष बिताइसकेका विकास श्रेष्ठको चौथो एल्बम 'ब्लेज'बजारमा आएको छ। सुन्धारा स्थित वेलकिंग्स रेष्टुरेन्ट गायक स्वरुप राज आचार्य,राजेश रञ्जित,सुशीला मल्ल र गायक स्वयंले संयुक्तरुपमा एल्बम ब्लेजको सार्बजनिक गरेका हुन् । गायक बिकाशले ब्लेज भन्दा अघि उनले 'क्लिक' नामक एल्बम बजारमा ल्याएका थिए।
लोक रक,स्लो रक र आर एन्ड बी फ्लेबर राखेर एल्बमलाई रक सुन्ने श्रोताका लागि पूर्ण प्याकेजको रुपमा ल्याएको बताउने बिकाशको एल्बमको औपचारिक रुपमा लोकार्पण हुनु अघि एल्बममा समावेश 'चाहेर'नामक बोलको गीतको भिडियो पनि देखाईको थियो।
रकको परम्परागत मान्यता भन्दा माथि गएर एल्बममा राष्ट्रिय भावका गीतहरुलाई प्राथमिकता दिइएको यस एल्बमलाई ब्लेज इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।
दश वटा गीतहरु संग्रहित गरिएको यस एल्बमका सम्पूर्ण गीतमा बिकासकै संगीत रहेको छ भनें शब्दका लागि भनें बिकासलाई कृष्णप्रसाद पराजुली,अनु शेर्पा र नेपालिज ब्यान्डले एक एक वटा गीत दिएर सघाएका छन्।
Tags:
Bikash Shrestha