· ArtistNepal Network · ArtistNepal News
2011-07-10 बरिस्ठ लोकगायक नबिन ढुंगेललाई मातृशोक परेको छ । बिहिबार बिहान अचानक बोल्न छोडेपछि गायक ढुंगेलकी आमा लालकुमारी ढुंगेलको बिहान ९.१५ बजे ओखलढुंगा स्थित घरमा निधन भएको थियो । बिगत ६ महिना देखि लालकुमारीलाई घुडा दुख्ने गरेको भएपनि अन्य रोगभने थिएन । उहाँको निधनपछी बिहिबारनै दाहसंस्कार गरिएको थियो । स्व. लालकुमारी ८७ वर्षीय थिइन् । स्व. लालकुमारीका नबिन सहित सहित ३ छोरा र १ छोरी छन् । नबिन ढुंगेल २०३६ साल देखि रेडियो नेपालबाट आयोजित अधिराज्यब्यापी लोकगित प्रतियोगिता प्रथम भएदेखि निरन्तर संगीतमा संलग्न हुनुहुन्छ भने उहाका दाजु नेत्र ढुंगेल २०३० सालमा दार्जिलिंगमा केहि पत्रिकाको सम्पादक एबम नेपाल मा आएपछि प्रहरीको अधिकृत हुनुहन्थ्यो भने अर्का दाजु टेकलाल ढुंगेल नेपाली सेनाको अधिकृतमा हुनुहुन्थ्यो। लालकुमारीका पति दुर्गाहरि ढुंगेलको भने २०४७ सालमा निधन भएको थियो। नबिनका दाजुभाइ आमाको क्रियाकर्मका लागि ओखलढुंगा स्थित क्रियापुत्री घरमै बसेका छन्। आर्टिस्ट नेपाल डट कम शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछ।
Tags: Nabin Dhungel