· ArtistNepal Network · ArtistNepal News
पाप, जहर, अक्सर जस्ता बलिउड फिल्ममा बोल्ड दृश्य खेलेर चर्चामा आएकी बलिउड हिरोइन उदिता गोस्वामीलाई नेपाली भाषामा गीत गाउने रहर जागेछ। उनले छानिन् तमिलको चर्चित गीत कोलाभेरी डी। यही गीतको नेपाली संस्करण उनले गाएकी छिन्। ह्वाइ दिस कोलाभेरी डीलाई उनले किन यो कोलाभेरी डी भन्दै गाएकी छिन्। टाइम्स अफ इन्डियासँग कुरा गर्दै उदिताले गीतमा भएको 'लभ लभ ओ माइ लभ' वाक्यलाई परिवर्तन गर्दै 'माया माया ओ मेरी माया' राखेको बताएकी छिन्। त्यसैगरी मूल गीतमा धनुषले 'इट्स अ फ्लप सङ्ग' गाएको भए पनि उनले भने 'इट्स अ सुपर फ्लप सङ्ग' गाएकी रहिछिन्। बलिउडकी ग्ल्यामरस नायिका उदिता गोस्वामीले तमिल सुपर हिट गीत 'कोलाभेरी डी' को नेपाली संस्करण गाएकी छिन्। 'ह्वाइ दिस कोलाभेरी डी' लाई उनले 'किन यो कोलाभेरी डी' भनेकी छिन्। को हुन् उदिता गोस्वामी ? फेब्रअरी ९, १९८४ मा देहरादुनमा जन्मिएकी उदिता उदिताकी आमा, बुबा दुवै नेपाली हैनन्। तर आमा भारतको मेघालयको सिलोङ्की हुन्। सिलोङमा नेपाली भाषीहरु प्रशस्तै छन्। उदिताको थुप्रै नेपालीभाषी साथि हरु छन् र उनि नेपाली स्पस्ट संग बोल्न सक्छिन् । उदिताले नेपाली कोलाभेरी गाउन मिट ब्रोज अन्जानको सहयोग लिएकी छिन्। सन् २००३ मा पाप फिल्मबाट उनले बलिउडमा फिल्म यात्रा सुरु गरेकी हुन्। फिल्ममा जोन अब्राहमसँगको बोल्ड सिनले निकै चर्चा पाएको थियो। जहर र अक्सर उनका चर्चित फिल्महरु हुन्। कलाकार धनुषले गाएको 'थ्री' फिल्मको तमिल र अङ्ग्रेजी मिसिएको गीत 'कोलाभेरी डी' इन्टरनेटमा सरुवा रोग जस्तै फैलिएको थियो। आधिकारिक रुपमा युट्युबमा राखिएको यो गीत अहिलेसम्ममा ३ करोडभन्दा बढी पटक हेरिसकिएको छ। लोकप्रियता कै कारण 'ह्वाई दिस कोलाभेरी डी' लाई सोनीले ट्रेडमार्कका रुपमा दर्ता गर्न खोजेको छ।
Tags: Bollywood Artists Udita Goswami