· ArtistNepal Network · ArtistNepal News · Filmy News
लामो समय देखि दाम्पत्य तनाव झेली रहेकी अभिनेत्री रेखा थापा र निर्माता छबीराज ओझाले आधिकारिक रुपमा दाम्पत्य सम्बन्ध तोडका छन् । यी दम्पत्ती बीच विवाहको दर्ता पत्र थिएन । त्यसैले वकिललाई कागज गराएर आफुहरु अलग भएको अभिनेत्री थापाले सञ्चारकर्मीलाई बताएकी छिन् । आफ्नो नाममा रहेको पति ओझाको काठमाडौं गौरीघाट स्थित घर, इटहरी, सुनसरी स्थित सिनेमा हल तथा श्रीमानले आफ्नो नाममा किनिदिएको विभिन्न बैक एवँ सँस्थाको शेयर फिर्ता गरेको अभिनेत्री रेखा थापाले बताएकी छिन् । वकिल राखेर आफुहरुले सबै सम्पत्तिको छिनोफानो गरेको, एकले अर्काको जीवनमा हस्तक्षेप नगर्ने, एकले अर्काको सम्मान गर्ने लिखित सहित दाम्पत्य सम्बन्ध दुबैको राजीखुसीमा तोडेको कागज पनि आफु र छबिराज ओझाले गरेको अभिनेत्री रेखा थापाले बताएकी छिन् । आफुहरुको दाम्पत्य सम्बन्ध नरहे पनि कलाकारको सम्बन्ध भने रहने र अब बोलचाल बन्द नगर्ने पनि अभिनेत्री थापाले बताएकी छिन् । थापाको भनाईमा छबीराज ओझा उनको गडफादर हुन । त्यसैले ओझाको स्थान अब आफ्ना लागि गडफादरकै ठाउँमा हुने पनि उनले बताएकी छिन् । अहिले आफु फिल्म जाउँ हिँड पोखराको छायाँकनमा व्यस्त रहेको पनि उनले प्रकाश पारिन् । यस बिषयमा छबीराज ओझाले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
Tags: Chabiraj Ojha Rekha Thapa