· ArtistNepal Network · ArtistNepal News · Fashion News
काठमाण्डैको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो प्रतिभा पर्दशन गरेका थिए । चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । कोरियोगाफर केशव थापा, महिला स्पा व्यबसायी सुशिला थापा, कोरियोगाफर राधा ठाकुर तमु ह्योलाका उपाध्यक्षा हरि माया गुरुगं, मिसेस गुरुगं सुमना गुरुगं तथा गीतकार अशोक कुमार तामागंले निर्णायकको भूुमिका निर्वाह गरेका थिए ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस जनजाती–२०१९ सिजन -१” को आयोजना गर्न लागेको हो । यहि आउदो २० गते सम्माननिय उपराष्टपति नन्द किशो पुनको पमुख आतिथ्यतामा राष्टिय नाचघरमा फाईनल कार्यक्रम सम्पन्न हुने आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङले बताईन । आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी,जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन । प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।