· ArtistNepal Network
· ArtistNepal News
· Music news
चर्चित लोकगायक तुलसी पराजुलीले आफ्ना चर्चित लोक गीतहरूको भिडियो संग्रह दर्शकमाझ ल्याएका छन् । म्युजिक भिडियो संग्रह 'बेस्ट अफ तुलसी पराजुली' लाई उनले आर बि म्युजिक मार्फत र्सार्वजनिक गरेका हुन् । सन् १९९६ मा परदेशी नामक पुर्बेली लोक गित एल्बमबाट सांगीतिक जिबनमा प्रवेश गरेका तुलसीले हाल सम्म ९ ओटा एल्बम प्रकाशित गरिसकेका छन् ।तुलसी पराजुलीको यो संग्रहमा उनका चर्चित आठओटा गीतको भिडियो राखिएको छ ।
उनको यस भिडियो संग्रहमा पाटनैको पातलो च्युरा......... कान्छीको छाता....... आकाशैको कालो बादल......सालैज्यु....... तमोर खोला बाढी आयो ....... लेकैमा चौरी .. खोटांग जिल्ला दिक्तेल बजार.... र दैव कसम.. गीतको भिडियो दर्शकले यो संग्रहमार्फत हेर्न पाउनेछन् ।
धनकुटा डाँडाबजारमा जन्मिएका टिपिकल लोक भाकामा माहिर मानिएका गायक तुलसी पराजुली सुर सुधा म्युजिक स्कुलका सन्चालक समेत हुन् भने आर बि म्युजिक प्रोडक्सनका निर्देशक हुन् ।
Tags:
Tulasi Parajuli