· ArtistNepal Network
· ArtistNepal News
आर्टिस्ट नेपाल । गएको साता भारतीय वेबसाइट र ब्लगहरुमा केही वर्षअघिदेखि नै राखिएको एक दम्पतीको चुम्बन दृश्य अन्जु पन्तको भन्दै फेसबुकबाट हल्ला फैलाउने काम भयो। कतिले विश्वास गरे, कतिले गरेनन्। फेसबुकमात्र हैन, केही अनलाइन पत्रिकाले समेत हल्ला फैलाउन सक्रिय रहे। पछि फोटो भारतीय रहेको प्रचारपछि त्यो कुप्रचार यत्तिकै सेलायो। यस्तै आज फेरि राजेश हमालको बिहे तीतो सत्यकी दीपाश्री निरौलासँग हुन लागेको भन्दै हल्ला फेसबुकमा डढेलो सरह फैलिरहेको छ।
दिपाश्री निरौलाको गुरु भनिएका कामेश्वर झाले बोलेको भनिएको प्रसंगलाई विराटनगरको स्थानीय पत्रिका बिराटपठले हेडलाइन न्युज बनाई छापेको थियो । त्यसपछि बिराटनगरको दैनिक पत्रिकाबाट सुरु भएको यो हल्लाहको बारेमा आफु समाचार सुनेर अचम्म ¥मा परेको बताएकी छिन् । आफुले पनि राजेश दाई संग आफ्नो बिबाह हुने भनेर पत्रिकाले छापेको सुनेको र पत्रिका खोज्दा फेला नपरेको र मोफसलको मिडियाले आफुलाई कुनै जानकारी नदिई समाचार सम्प्रेषण गरेको बताएकी छिन् ।
बेला बखत बाटो देखाउने मिडिया आफैं हचुवाको भरमा समाचार प्रकाशन गर्ने गरिएकोले पनि कलाकर्मीहरु मारमा परेका छन् । यसले कलाकर्मी प्रति दर्शकको रेस्पेक्ट पनि गुम्दै गएको छ भने आम मानिसमा मिडिया प्रतिको बिश्वास पनि गुम्दै गएको छ ।
Tags:
Dipa shree
Rajesh Hamal