· ArtistNepal Network
· ArtistNepal News
· Music news
आर्टिस्ट नेपाल । गायकी मात्र नभई गित संगित रचना गर्न पनि अब्बल गायक गोपाल प्रसाइँले केही महिनाअघि ड्रिम ड्राइभ नामक आफनो पहिलो एल्बमलाई बजारमा ल्याए । अत्यन्तै मिहिनेत गरिएको उक्त एल्बमको आठैवटा गित उत्कृष्ट थिए । सबै गितको कम्पोजिसन देखि लिएर अरेन्जमेन्टको पाटो पनि उत्तिकै सबल थियो । तर दिनानुदिन ध्वस्त हुँदै गइरहेको नेपाली मिडियाले यी हुनहार प्रतिभाको सहि अर्थमा कदर गर्न नसकेको देखियो । हुन पनि यहाँ टेलिभिजनपिच्छे डाइरेक्टर छन् र चर्को मुल्यमा उनीहरुलाई नै भिडियो सुम्पिदा मात्र ती संचारगृहहरुमा गित बज्ने नराम्रो प्रवृत्ति हाबी छ । यहाँ राम्रो प्रतिभा हैन सबैलाइ फाइदा चाहिएको छ । र त्यो फाइदा उनीहरुले लुट्न पाए जस्तोसुकै नराम्रो गित पनि स्वतः उत्कृष्ट हुन्छ ।
बाल्यकालदेखि नै संगितमा अथाह रुचि भएका गायक गोपाल प्रसाइँ विशेष गरी यही क्षेत्रमा केही गर्नका निम्ति अष्ट्रेलिया गई नेपाल फर्किएका थिए । तर अत्यन्तै दरिद«ता र कहाली लाग्दो स्थीतीबाट गुज्रिरहेको र दलालको बाहुल्यता रहेको साँगितिक क्षेत्रलाई देखेर उनी तिनछक्क परे । नेपालमा स्वर र प्रतिभा भन्दा पनि ज्यु ज्यु गरी पाउ मोल्ने चाकडीप्रथा पपुलर कल्चर भइसकेको छ । यद्यपी गायक प्रसाइँले आफनो स्वाभिमानलाई कायम राख्दै त्यो धरातलमा जान चाहेनन । अहिले पनि युटुबमा गइ गोपाल चन्द« प्रसाइँको नाम टाइप गरी उनको गित सुन्दा र हेर्दा दर्शकले स्वतः मुल्याङकन गर्न सक्छन उनी कति दमदार प्रतिभा हुन भनेर !!!
साँगितिक क्षेत्रमा आफनो उत्कृष्ट प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेपाल आएका गायक प्रसाइँले नेपालमा गित चल्ने भन्दा पनि जस्तोसुकै गितलाई चलाउने प्रथाबाट आफु अच्चम्मित भएको आर्टिस्ट नेपाललाई जानकारी दिएका छन् ।
यद्यपी उनका सबै गित केही सिमित सञ्चारमाध्यमहरुबाट गुञ्जिँदा दर्शकको प्रतिक्रिया धेरै राम्रो आएको उनले आर्टिस्टनेपाल डटकम लाई बताएकाछन् ।