· ArtistNepal Network · ArtistNepal News
2011-07-09 सास रहुन्जेल नेपाली गीत गाएरै बाँच्ने इच्छा राख्छन् प्रख्यात गायक कुमार सुब्बा । सारंगीको तारले मेरो मनको गीत गाउछ................. ए फूल चुडेर लाने हो..........यहाँ माली रोएको देखेउ कि ............. जस्ता प्रसिद्द गीत गाएर नेपाली संगीत जगतमा अबस्मरणीय छाप बसाउने गायक कुमार सुब्बा अहिले मस्तिष्कघात (ब्रेन स्ट्रक ) को कारण शरीरको देब्रे अंग नाचालने भई थाला परेका छन् । उपचारको क्रममा रहेका कुमार सुब्बा गतसाल देखि नै यो रोग बाट पीड़ित थिए । उनि अझै स्वस्थ हुन सकिरहेका छैनन् । सालुगढास्थित आफ्नो छोरी बसेकोको स्वास्तिक अपार्टमेन्टमा बसेर उपचार गराईरहनु भएका कुमार थप उपचारको लागि आर्थिक सन्कलनमा जुट्नुभएको छ । उहाँ १० जनबरीमा थप उपचारको लागि भेल्लोर जानुहुनेछ। कुमार सुब्बा अहिले घरभित्र मात्र अलिअलि चल्नफिर्न सक्छन् । बोल्दा उनको मुख लर्बरिन्छ। तर पनि गाउने इछ्छा मारेका छैनन्। निको भएकोखन्डमा स्रोताहरुलाई नयाँ गित सुनाउँने सोचमा छन् कुमार। गोपाल योञ्जनका अत्यन्त नजिक मानिएका सुब्बा आफ्नो अन्तिम इच्छा एक पटक नेपाली गीत सुनाउने रहेको बताउँछन् । आर्टिस्ट नेपाल डट कम प्रख्यात गायक कुमार सुब्बाको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
Tags: Kumar Subba