· ArtistNepal Network · ArtistNepal News · Filmy News
2011-07-06 नायिका मेलिना मानन्धरलाई आईतबार दिउँसो पुत्रीलाभ भएको छ । मेलिनाले आफ्नो पहिलो सन्तानको रुपमा आईतबार चाबहिलस्थित ओम नर्सिङ होममा दिउँसो करिब १ : ५० मिनेट जादा छोरीलाई जन्म दिएकी हुन् । मेलिनाका पति मुकेश ढकालका अनुसार उनकी छोरी करिब ३ केजी कि छिन। सामान्य डेलिभरी हुन नसकेपछि र्भवती मेलिनालाई डा. रिता मानन्धरको टोलीले सुरक्षित साथ सल्यक्रिया गरी शिशुको जन्म गराईएको हो । नायिका मेलिना मानन्धर तथा नायक मुकेश ढकाललाई आर्टिस्ट नेपाल डटकमको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं।
Tags: Melina Manandhar Mukesh Dhakal