· ArtistNepal Network · ArtistNepal News
नायक राजेश हमाल यति बेला फिल्मी पर्दाबाट टाढिएका छन् । तर उनी हालै एक म्युजिक भिडियोमा देखिएका छन् । ‘जिन्दगी’ बोलको गीतमा हमालसँगै उनकी पत्नी मधु भट्टराई पनि देखिएकी छन् । सुनिल सिंह ठकुरीको आवाज रहेको उक्त गीतमा राजेश हमालले पहिलो पटक पत्नीसँग स्क्रिन सेयर गरेका हुन् । हीरा देवी श्रेष्ठको शब्द रहेको गीतमा गायक ठकुरीले नै संगीत भरेका छन् । उत्सव दहालले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले सम्पादन गरेका छन् । यो भिडियोलाई दशरथ सुनुवारले निर्देशन गरेका हुन् ।