· ArtistNepal Network · ArtistNepal News
गायक दीपक बज्राचार्य आफ्नो नयाँ एल्बम 'अनरस' एक कार्यक्रम का बीच बिमोचन गरेका हुन् लामो समय को अन्तराल पछी आएको यो एल्बम उनको आठौं एल्बम हो । फास्ट र लोकप्रिय बिटमा नामी मानिएका बज्राचार्य ले यस नयाँ एल्बममा नौवटा गीत समेटेका छन् । यो एल्बम उनकी छोरीले शुक्रबार लोकार्पण गरेकी हुन् । 'मैले आफ्नो पुरानो धारलाई छाडेको छैन,' एल्बम सार्वजनिकपछि उनले भने, 'सकेसम्म एल्बममा नयाँपन दिने कोसिस गरेको छु ।' दीपक बज्राचार्यले भने एल्बममा 'तिमीलाई भुलेको छैन', 'हावा', 'आँखामा', 'जानीजानी', 'अँगालो', 'तिमीसामु', 'हरपल', 'प्रेम प्रस्ताव' र 'भावीको रेखा' गरी ९ गीत छन् । जेम्स प्रधानले ३, दीपक बज्राचार्य स्वयंले ४, भूपेन्द्र बज्राचार्य र अनिल सिंह १/१ वटा गीतमा संगीत भरेका छन् । गीतहरु जेम्स, दीपक, मीरा शाह, कुसुम खड्का र अनिल सिंहले लेखेका हुन् । कालीकाली हिस्सी परेकी, ओ अमिरा, अँध्यारोमा, झुमीझुमी, कति बस्छ्यौ माइतीको घरमा, बितिसकेपछि फर्केर आउँदैनजस्ता गीतले उनी पप संगीतमा परिचित थिए । 'संगीत गुन्गुनाउन चाहने, संगीतमा झुम्न चाहने र नाच्न चाहने सबैका लागि यस एल्बमका गीत सुहाउँदा छन्,' अहिलेसम्म करिब २ सय ७५ गीतमा स्वर दिइसकेका आफ्नो एल्बमबारे थप प्रकाश पारेका थीए । कार्यक्रममा उनले नयाँ तथा पुराना केही गीत प्रस्तुत गरेका थिए । एल्बमका दुई गीत 'अँगालोमा' र 'तिमीलाई भुलेको छैन'को म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । एल्बम राइज म्युजिकले बजारमा ल्याएको हो ।
Tags: Deepak Bajracharya Rise Music