· ArtistNepal Network · artists · Music Artist
संगीतकार दिब्य खालिङलाई नजिक बाट चिन्न चाहनेको लागि र नेपाली संगीत अध्ययन गर्न चाहनेको लागि, दिब्य खालिङसंगको सम्झाना सङ्रहित पुस्तक ' दिब्य संगीतकार, दिब्य खालिङ ' सहयोगी बन्न सक्छ । थापाथली स्थित 'एकता प्रकाशन'ले बजारमा ल्याएको उक्त पुस्तकमा करिब ६ दर्जन स्रस्टाका बिचार समाहित छन । ६ दर्जन स्रस्टाले आफु संगीतकार दिब्य खालिङसंगको सम्बन्ध र आफ्नो कलायात्राको सुरुवातको बारेमा उल्लेख गरेका छन् । कविवर माधव घिमिरे देखि उनका अनुज गीतकार शुभ मुकारुङसम्म र गायिकाको रुपमा बिमला राईदेखि पबित्रा सुब्बा सम्म, पुर्बज संगीतकार शान्ति ठटालदेखि समकालिन किरण प्रधानसम्मले सुस्पष्टरुपमा आफ्नो शब्द र स्मृतिलाई चित्रायित गरेका छन । गितकार, गायक तथा सङीतकार दिब्य खालिङ् पछिल्लो समयमा नारायणगोपाल संग निकटरहि तिमीलाई भुल्दा म एक्लो भएछु ........, म त लालीगुराँस भएछु......., मायाको आधारमा जस्ता कालजयि सृजना गरेका थिए । पुस्तक विवरण :- दिब्य सङ्गीतकार: दिब्य खालिङ एकता बुक्स डिस्ट्रीब्युटस प्रा. लि प्रसुतीगृहमार्ग , थापाथली, सर्बाधाकिर : दिब्य खालिङ सङ्गीतकोश मूल्य रु: २५० /-
Tags: Dibya Khaling