· ArtistNepal Network
· ArtistNepal News
पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ ।
२९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् ।
फोर्ब्सका अनुसार २९ वर्षीय स्विफ्टले सन् २०१८ को जुन महिनामा १८५ मिलियन डलर अग्रिम कर दाखिला गरेकी थिइन्। उनी सन् २०१६ मा पनि सूचीको अग्रस्थानमा थिइन्।
यस्तै, तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् ।
टेलरले सन् २०१८ मा रेप्युटेशन स्टेडियम टुरबाट पश्चात् आर्जन गरेको सम्पत्तिले उनलाई शीर्ष स्थानमा पुर्याएको बताइन्छ । उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने भ्रमणको संज्ञा दिएको छ ।