· ArtistNepal Network · ArtistNepal News
  चलचित्र ‘भुँईमान्छे’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक  ट्रेलरमा अस्पतालमा मरेको मान्छेको लाशसँग खेल्ने व्यक्ति  रमेश वुढाथोकीको कथालाई चित्रण  गरिएको छ।  राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको एक्सन पनि देख्न सकिन्छ्। उनले   यसै चलचित्रबाट  डेब्यु गरेकी हुन् । नवराज बुढाथोकीको निर्देशनमा बनेको यस चलचित्रमा रमेश वुढाथोकी, सिपोरा गुरुङ, बादल भट्  राम बावु रेग्मी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । भदौ २ गते बाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी तथा रोहिणी भट्टराईको कार्यकारी निर्माण रहेको छ।
Bhuimanchhe