· ArtistNepal Network · ArtistNepal News · Music news
मान्छेको माया यहाँ खोलाको पानीजस्तो किनारालाई छोइ भाग्ने लहरेको पानी जस्तो.... आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन तिमी मेरो होइनौं पनि पराई भन्न सकिएन.... कस्तो माया लाइएछ आˆनै मन मारिदिने कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने..... यस्तैयस्तै कालजयी गीतका सर्जक गीतकार डा. राममान तृषितको मंगलबार बिहान ४ ४.३० बजे मेडिकेयर हस्पिटलमा ७१ वर्षको उमेरमा निधन भएको छ । डा. तृषितको स्वास्थ्यमा खराबी देखिएपछि उपचारको लागि तीन साता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि मृगौला र नशासम्वन्धि रोगबाट पीडित तृषित ७० वर्षको उमेर नटेक्दै डा. राममान ‘तृषित’लाई रोगले दुःख दियो, ७० काटेपछि त झन् उहाँका दुबै मिर्गौलाले काम गर्न छाड्यो । जीवनका अधिकांश समय अरूको उपचारमा संलग्न भएर कहिले भक्तपुर अस्पताल, कहिले वीर त कहिले पाल्पा अस्पताल पुग्ने डा. तृषितले पछिल्लो समय आफ्नै उपचारमा समय खर्चनुपरेको थियो । स्वर्गीय तृषितलाई अन्तिम श्रद्धाञ्जलीको लागि बिहान ९ बजे प्रज्ञाभवन, कमलादीमा राखिएको थियो । फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, यादब खरेल , काली प्रसाद रिजाल, लगायतका उहाँका सुभ-चिन्तकको बाक्लो उपस्थिति थियो । श्रद्धाञ्जली कार्यक्रमपछि २ बजे पशुपति आर्यघाटमा तृषितको दाहसंस्कार गरिएको थियो । स्वरसम्राट नारायन गोपाल, प्रेमध्वज प्रधान , रत्नसमशेर थापाका त्रि-चन्द्र कलेजका सहपाठी डा. तृषितको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै आर्टिस्ट नेपाल परियार भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं !
Tags: Dr. Ram Man Trishit