· ArtistNepal Network · ArtistNepal News · Music news
नेपालमा हरेक वर्ष विनासकारी प्रकोपबाट ज्यान गुमाउनेहरुको संख्या वढ्दो छ । समय समयमा पहाडमा पहिरो तराईमा बाढी जस्ता प्राकृतिक प्रकोपले नेपालीहरुलाई निरन्तर पिडा दिईरहेको छ । त्यसबाट प्रत्येक वर्ष सयौंको संख्यामा नेपालीहरुको ज्यान गइरहेको छ भने हजारौंको संख्यामा विस्थापित भईरहेका छन् । मान्छेले जन्म लिए पछि भैपरी आउने यस्ता दैवी विपत्तिको सामना गर्नुपर्छ । यसै सिलसिलामा २०७२ साल वैशाख १२ र २९ गते विनाशकारी भूकम्पले हामी नेपालीले भोग्नुपरेका दुःखद व्यथा अबस्मरणिय छन् । यिनै ब्यथाहरु लाई गीत संगीतको माध्यमबाट नेपालीलाई एकजुट बनाउने प्रयास पनि भै रहेको छ । 
यस वखत हाम्रा चराईरहेका घाउमा मल्हम स्वरुप संगीत क्षेत्रका व्यक्तिहरुले आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिएका छन् । भूकम्प पिडितहरुका लागि कसैले राहत वितरण गरेका छन्, कसैले स्वास्थ्य सेवा उपलव्ध गराएका छन्, कोही उद्धारमा सक्रिय भएर लागेका छन् भने  सांगितीक क्षेत्रमा लागेका संगितकर्मीहरुले भने गित संगित मार्फत जनचेतना फैलाउदै आएका छन् ।  यसै क्रममा विपत्तिको सामना गर्नका लागि र पुरानो अवस्थामा फर्किन र मनोवल वढाउनका निमित्त विनाशकारी भूकम्पमा परि घरवार , आफन्तजन गुमाउने नेपालीहरु प्रति समर्पित गर्दै यस विपत्तिमा एकजुट भै सहयोगी हातहरु वढाउनु पर्छ भन्ने सन्देश दिएको गीत नरोउ आमा , नरोउ बाबाको गितको म्युजीक भिडियो रिलिज भएको छ ।
गीतकार बिष्णु प्रशाद सापकोटा जागिरकै शिलशिलामा गोर्खामै थिए, उनले आफ्नै आँखा अगाडि देखेको दर्दानक पिडा र सहारा गुमाएका आमा-बुवाको चित्कारले उनी आँफैनै भाबबिह्वल भए । सान्त्वना स्वरुप गीतको श्रीजना गरे र नुवाकोटमा लडेको घर सम्हाल्न गोर्खाबाट काठमाडौं आए । नजिकका गीतकार मित्र प्रकाश क्षणिकलाई आफुले रचना गरेको शब्द सुनाए, क्षणिकले शब्दलाई न्याय गर्न सक्ने संगीतकार कल्याण सिंहको जिम्मा लगाए । कल्याणले संगीतलाई न्याय गर्ने गायक सन्तोष लामा र पुष्पा गुरुङलाई लगाए । र गीत संगीतको भावअनुसार एरेन्जर दिनेश श्रेष्ठले अति नै सुमधुर एरेन्ज गरेका छन ।
गीत, संगीतको भाबअनुसार भिडियोमा उतार्न सफल निर्देशक नब ढुङेलले यस् गितको भिडियो निर्देशन गरेका छन । उनले हजारौ आमा बुवाहरुको चित्कारलाई कलात्मक ढंगबाट प्रस्तुत गरेका छन । भिडियो हेर्ने जो कोहीलाई पनि इमोसनल बनाउन सक्छ । भिडियो निर्देशन् मा बेग्लै पहिचान बनाउन सफल संचारकर्मी नव ढुङेलले जस्तोसुकै पिडा-बिपतमा भए पनि युबापुस्तालाई एकजुट बनाई विपत्तिलाई शक्तिमा परिणत गर्न र वृद्ध बृद्धा आमा बावालाई सान्तवना र परिस्थितीसंग लड्नका लागि साथ र सहयोग गरौं भन्ने भावनात्मक सन्देश दिन खोजीएको बताए। 
भिडियोमा राज लुइटेल र जेनी कुँवरले मन छुने अभिनय गरेका छन । जेनी राज लाई बालकलाकार सौर्या पण्डित र उत्तमले पनि साथ दिएका छन । अमृत सुनुवारको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोमा अतिथीको रुपमा संचार क्षेत्रका प्रभावशाली संचारकर्मीहरु वरिष्ठ पत्रकार कृष्ण भट्राई, सविना कोईराला, अनन्त वाग्ले ,सम्झना ढुंगेल, विशाल भण्डारी, प्रतिमा गिरीको भूमिका रहेको छ । यसै गरी डा. सिके सिंह, नायिका नम्रता सापकोटा लगायतले भिडियोको अन्तरामा साथ दिनुभएको छ ।यो गीतले भूकम्पबाट नैराश्यता भन्दा पनि एक आपसमा हातमा हात मिलाएर अगाडि बढ्न अपिल गरेको छ । आर्टिस्ट नेपाल प्रोडक्सनमा निर्माण गरिएको गीत तथा भिडियोलाई आर्टिष्ट नेपाल डट कमले बजारमा ल्याउन लागेको छ ।
Tags: Nava Dhungel Santosh Lama Pushpa Gurung Kalyan Singh Dinesh Shrestha